अनौठो अफिस, जहाँ हरेक महिला कर्मचारीले हाकिमलाई चुम्बन गर्नुपर्छ

सुन्दैमा निकै अनौठो लाग्छ, पत्यारै नलाग्न सक्छ । महिलावादीले शीर्षक नै पढ्दा विरोध गरिहाल्न सक्छन् र यस्तो खाले अफिसको अस्तित्व नै अस्विकार गर्न सक्छन् । तर यो दुनियामा यस्ता अफिस पनि छन् जहाँ काम गर्ने हरेक महिलाले आफ्नो हाकिमलाई हरेक दिन विहान अफिस पुग्ने बित्तिकै चुम्बन गर्नुपर्दछ ।

पष्ककयस्तो अचम्मको कार्यालय चीनमा छ । यसरी महिला कर्मचारीहरुले हाकिमलाई दिनहुँ चुम्बन गर्दा कर्मचारी र हाकिमबीच सम्बन्ध सुमधुर हुन्छ भन्ने सिद्धान्त कार्यालयको व्यवस्थापन पक्षको रहेको छ । सोही सिद्धान्तलाई अबलम्बन गर्दै कार्यालयले हरेक महिला कर्मचारीहरुलाई हरेक बिहान लाइनमा उभिएर आफ्नो हाकिमलाई पालैपालो चुम्बन गर्न आदेश दिएको छ ।

चिनिया पत्रिका पिपुल्स डेली चाइनाका अनुसार हरेक दिन बिहान ९ देखि साढे ९ सम्म यो कम्पनीका महिला कर्मचारीहरु कार्यालयमा एक ठाउँमा जम्मा हुन्छन् । त्यस लगत्तै त्यहाँ हाकिम आइपुग्छन् । अफिसको काम सुरु गर्नुअघि हरेक महिला कर्मचारीहरुले एक एक गरी आफ्नो हाकिमलाई चुम्बन गर्दछन् ।

हाकिमलाई चुम्बन गर्न नमान्ने महिला कर्मचारीलाई जागिरबाट बर्खास्त गरिन्छ । अहिलेसम्म दुईजना यस्ता महिला कर्मचारीलाई अपमान गरी बर्खास्त गरिसकिएको छ । कर्मचारी र हाकिमबीच सम्बन्ध सुमधुर बनाउनका लागि यस्तो नियम राखिएको दाबी कम्पनीको भएपनि महिलाप्रतिको यस्तो व्यवहारको चीनमा  विरोध भैरहेको छ ।एजेन्सीको सहयोगमा

Leave a comment

Your email address will not be published.


*