छोरी जन्माउने बुहारीलाई सासुले दिइन् महँगा कार

छोरा र छोरीबीच विभेद गरिने परम्परागत समाजमा छोरी जन्माउँदा महिलाहरुले विभिन्न खाले हिंसा र अपमान भोग्नुपरेका घटना नौलो होइनन् ।

अझ छिमेकी भारतमा त छोरी जन्माएकै कारण महिलाहरुले ज्यानै सम्म गुमाउनु परेका समाचार आइरहन्छन् । तर विभेद र हिंसाको उक्त दुस्चक्रलाई चिर्ने एउटा सुखद घटना भएको छ भारतको उत्तर प्रदेशमा ।

उत्तर प्रदेशको हमीरपुरमा एक वृद्धाले आफ्नी बुहारीलाई प्रेमपूर्वक एउटा महंगो कार उपहार दिएकी छिन् । बुहारीले छोरी जन्माएको खुसीयालीमा ती सासुले बुहारीलाई हर्षबिभोर हुँदै अंकमाल मात्र गरिनन् केही दिनमै महंगो कार किनेर टक्राइन् पनि ।

स्वास्थ्य विभागकी अवकाशप्राप्त कर्मचारी रहेकी प्रेमा देवी नामकी महिलाले नातिनी जन्मिएको खुसीयालीमा बुहारी खुशबुलाई होन्डा सिटी कार उपहार दिइन् ।

उनले घरमा भव्य भोजको आयोजना पनि गरिन् । नातिनी जन्माइदिने बुहारीलाई सासुले कार उपहार दिएको सायद यो पहिलो घटना हुनसक्छ । छोरा र छोरीमा विभेद गर्ने समाजका लागि पनि यो राम्रो पाठ बन्नसक्छ ।

एजेन्सीको सहयोगमा

Leave a comment

Your email address will not be published.


*