६३ जनाको ज्यान लिने यो हो ज्यानमारा कुर्सी, जसमा बस्न सबै डराउँछन्

 
एउटा कुर्सीमा केवल बस्दैमा कोही कसैको ज्यानै कसरी जाला र ? तर तपाइँले यो तथ्य पढ्नुभयो भने हैरान हुनुहुनेछ की बेलायतमा एउटा यस्तै ज्यानमारा कुर्सी छ जसले ६३ जनाको ज्यान लिएको छ ।

बेलायतको थर्कस म्युजियममा उक्त ज्यानमारा कुर्सी राखिएको छ । जमिन भन्दा ६ फिट उचाइमा राखिएको यो कुर्सी देख्दा सामान्य जस्तो नै लाग्दछ । तर अहिलेसम्म जसले यो कुर्सीमा बस्ने हिम्मत निकाल्यो ऊ जिउँदो रहन सकेको छैन । इतिहास अनुसार उक्त कुर्सी थोमब बस्बी नामक एक व्यक्तिको निकै मनपर्ने कुर्सी थियो ।

उनले धेरैजसो यहीँ कुर्सीमा बसेर आफ्नो दिनचर्या गुजार्थे । सन् १७०२ मा थोमसले सोही कुर्सीमा बसेका बेला आफ्ना ससुराको कुर्सीमा नै हत्या गरेछन् । आफ्नो कुर्सीमा अरु कुनैपनि मानिस बसेको देख्न नसहने थोमसले आफ्नै ससुरालाई पनि कुर्सीमै बसेको निहुँमा मारेका थिए ।

हत्याको अभियोगमा पछि थोमसलाई झुण्डाएर मृत्युदण्ड दिइएको थियो । समाचार अनुसार त्यसयता उक्त कुर्सीमा बस्ने ६३ जनाको मृत्यु भैसकेको छ । कुर्सीमा बसेको केही छिनपछि वा केही दिनपछि नै मानिसहरुको विभिन्न कारणले मृत्यु हुने गरेको छ । यो कुर्सीमा बसेका कोहीपनि मानिस दोश्रो विश्वयुद्धमा भाग लिन गएपछि नफर्किर्का बताइन्छ ।

भनिन्छ की थोमसले आफुलाई झुण्डाएर मृत्युदण्ड दिने बेला एउटा श्राप दिएका रहेछन् की जो मानिस कुर्सीमा बस्छ उसको मृत्यु होस् । यो कुर्सीलाई मृत्यु कुर्सी तथा श्रापित कुर्सीको नामले पनि चिनिन्छ ।एजेन्सीको सहयोगमा

Leave a comment

Your email address will not be published.


*