असिनलाई प्रेमीले दिए ६ करोडको औठी

२०७२ भदौ ३० गते
बलिउडका नायिकाहरुले धनाढ्य प्रेमी वा श्रीमान् खोज्ने गरेको घटना त कुनै नौलो होइन । बलिउडमा विस्तारै सेलाउन थालेपछि उनीहरुले धनाढ्य मानिससँग बिहे गरेको उदाहरण प्रशस्त छन् । यही उदाहरणमा पर्छिन्, नायिका असिन । चलचित्र ‘गजनी’मा काम गरेपछि एकाएक चर्चामा आएकी असिन यसपछि भने खासै चम्कन सकिनन् । उनले बलिउडका चर्चित नायकसँग काम गरेकी छिन् । तर, असिनका लागि बलिउड खासै फलदायी हुन सकेन । माइक्रोम्याक्स कम्पनीका मालिक समेत रहेका राहुल शर्मासँग अहिले असिनको प्रेम चक्कर छ । राहुलसँग असिनको भेट बलिउड नायक अक्षय कुमारले गराइदिएका थिए । उनै असिनलाई राहुलले प्रेम प्रस्ताव राख्दा ६ करोडको औठी दिएका हुन् । असिन र राहुलले अहिले एक म्यागेजिनका लागि फोटोसुट पनि गरेका छन् । जसमा असिनले लगाएको औठी स्पष्ट देखिएको पनि छ । यो जोडी चाडै नै बिहे गर्ने तयारीमा पनि लागेको छ ।

Leave a comment

Your email address will not be published.


*