कुकुरको मृत्य हुँदा दुस्खी, ‘आई लभ यू’ नभनी छुट्यो प्रेम

भदौ ३० गते
पप गायनमा चर्चित नाम हो धिरज राई । अहिलेसम्म दुईसय बढी गीत गाएका धिरजको १२ वटा एल्बम बजारमा आएको छ । अहिलेसम्म ३२ मुलुकको भ्रमण गरेका यी गायक गायनका अतिरिक्त लेखन र बृत्तचित्र निर्माणमा पनि सक्रिय छन् । बृत्तचित्र ‘ओमबिक्रम विष्ट’ उनकै निर्देशनमा बनेको थियो । ‘पपमा बितेको १५ वर्ष’ नामक पुस्तक समेत बजारमा ल्याएका छन् । पछिल्लो पटक ‘बुद्ध बर्न इन नेपाल’मा गीत गाएका धिरजले अनलाइलाइनखबरको ‘मेरो पहिलो’ स्तम्भ अन्र्तगत उनको आफ्ना अनुभुति यसरी साटेका छन् । गीत रेकडिङः आरआर सी रेकडिङ स्टुडियामा ०४६ सालमा । लुकी लुकी बोलको गीत रेकडिङ गरेको थिएँ ।

विदेश यात्राः सन १९९७ मा हङकङ ।

स्टेज कार्यक्रमः स्वदेशमा – बसन्तपुर दरवार स्क्वायरमा गाएको छु । सानै थिाए । तर, वर्ष ठ्याक्कै याद भएन ।
स्टेज कार्यक्रमः विदेश – सन १९९७ मा हङकङमा । कार्यक्रममा गाउने बेलामा त खासै अप्ठ्यारो लागेन । तर, त्यहाँको हल साउण्ड सिष्टम सबै हेर्दा  विश्वका पप सुपरस्टारले गाउाने ठाउँ यस्तै होला जस्तो लाग्यो ।
कमाईः पुल्चोक इन्जिनीयर कलेज पढ्दै थिएँ । त्यहीका विद्यार्थी संगठनले गरेको कार्यक्रममा गीत गाएर पन्ध्रसय पाएको थिएँ ।
धेरै खर्चः यामाह आरएक्स बाईक किन्दा एकमुष्ट ६० हजार तिरेको छु ।
हवाईजहाज यात्राः सानै थिएा । काठमाण्डौ लामीडाँडाको यात्रा गरें । निकै डर लाग्यो । पिङ खेलेको जस्तो प्लेन हल्लिदा त सात्तै गयो ।
अवार्डः पोखरामा आयोजित रारा पप फेष्टिभलमा उत्कृष्ट मञ्च प्रस्तुतिको अवार्ड पाएको छु ।

डान्सः सुभाष गजुरेल मेरो अभिनयको गुरु हुनुहुन्थ्यो । उहाँहरुले गर्नु भएको कार्यक्रममा ‘बल्ल बल्ल भेट भाको दिन‘बोलको गीतमा नाँचेको छु ।

बद्मासीः स्कुल जान्छु भनेर साथीसँग पाटनमा फिल्म हेर्न गएको छु ।

हेरेको फिल्मः जय नेपाल हलमा सिन्दुर हेरें ।

सजायँ  नौ कक्षामा पठाई बिगारेपछि बुबाले जाडो विदामा घर पठाउनु भयो । धुलीखेलको बाटो हिडेर जाँदा घर खोटाङ पुग्न नौ दिन लागेको थियो ।

खुसीः २०४३ सालमा भएको राष्ट्रिय नाटक महोत्सबमा उत्कृष्ट वाल कलाकारको अवार्ड पाउँदा ।

दुःखीः दाजुभाई दिदीबहिनी कोही पनि नभएकाले मेरो बाबा आमाले मलाई साथी होस् भनेर एउटा कुकुर पालीदिनु भएको थियो । उसको नाम फाईटर थियो । १३ वर्ष बााचेर फाईटर मर्‍यो । आफुले पालेको कुकुरको मृत्यु हुादा निकै नरमाईलो लाग्यो ।

पहिलो प्रेमः स्कुल पढ्दा एकजना केटीले खुब हेर्थिन । म पनि हेर्थें । उनको हाँसो निकै राम्रो थियो । तर, उनी म भन्दा सिनियर थिईन् । स्कुल छुटेसँगै उनीसँगको यात्रा पनि छुट्यो ।

डेटिङः खासै डेटिङ जाने समय नै भएन ।

दुर्घटनाः ०४३ सालमा धरानवाट काठमाडौ आउँदा म चढेको गाडी पल्टियो । गाडी पल्टिएपछि के भयो केही थाह छैन । पछि आफन्तहरुले तँ झ्यालवाट निस्कदैथिईस् भन्दै हुनुहुन्थ्यो ।

लेखः ०४२ सालमा ‘कुलत’ भन्ने नाटक लेखेको थिएा ।

निर्माणरनिर्देशनस् डकुमेन्ट्री ‘ओम बिक्रम विष्ट’ ।

पुस्तकस् पपमा बितेको १५ वर्ष ।

Leave a comment

Your email address will not be published.


*