दीपिका, करिना र प्रियंकालाई पछारिन कंगनाले, एउटै फिल्मबाट ११ करोड

भदौ ४ गते
मुम्बई । भनिन्छ, जिन्दगीमा हरेकको एकपटक पालो आउँछ । अहिले बलिउड नायिका कंगना रनौतको जिग्दगीमा पनि यस्तै चलिरहेको छ । एकपछि अर्को हिट फिल्म र सोंचेभन्दा धेरै पारिश्रमिक । हालै मात्र उनले एउटै फिल्मबाट ११ करोड भारु पारिश्रमिक लिएर अन्य प्रतिस्पर्धी नायिकालाई निकै पछाडी छाडिन् । तर, कंगानालाई भने यो सब अनौठो लागिरहेको छैन् । उनी यसलाई आफ्नो हक भएको मान्छिन् । हरेक कलाकारले जीवनको एउटा अध्याय पार गरेपछि मंहगो पारिश्रमिक लिनैपर्ने उनको मान्यता छ । धेरै पारिश्रमिक लिने समय असाध्यै छोटो हुन्छ । किनकी कुनै पनि कलाकार जसरि हाई,हाई हुन्छ, उसैगरि बाई(बाई हुन पनि बेर लाग्दैन । एउटा चलचित्रमा काम गर्दा कम्तिमा एक वर्ष लाग्ने भएकाले पनि यति पारिश्रमिकलाई सामान्य रुपमा लिन उनले आग्रह गरिन् । ‘तनु वेड्स मनु रिटन्र्स’ का लागि उनले ११ करोड रुपैयाँ पारिश्रमिक लिएकी थिईन् । एउटा फिल्ममा काम गरे वापत ११ करोड लिने उनी पहिलो र एक्ली भारतीय नायिका हुन् । बजारमा पटक पटक चर्चामा आएका दीपिका पादुकोण, करिना कपुर, प्रीयंका चोपडा, कट्रिना कैफ लगायतक कोही पनि नायिकाले कंगनाले जति पारिश्रमिक लिएका छैनन् । कंगनापछि दीपिकाले एउटा फिल्ममा काम गरे वापत ९ करोडसम्म लिने गरेकी छिन् । अर्कि नायिका करिना कपुरले पनि ८ देखि ९ करोेड लिने गर्छिन ।

प्रियंका चोपडा पनि राम्रो पारिश्रमिक लिने कलाकारको रुपमा चिनिन्छिन् । उनले प्रति चलचित्र ७ देखी ८ करोड लिंदै आएकी छिन् । अर्कि नायिका कट्रिना कैफले त ६ देखी ७ करोडमै चित्त बुझाउँदै आएकी छिन् ।

Leave a comment

Your email address will not be published.


*