पलले अनुलाई झ्याई पार्ने

भदौ ४
भदौ महिनामा झ्याई पार्ने कुरा गर्दै मोडलद्धय पल शाह र अनु शाह दर्शकमाँझ आएका छन् । गायक सुमन श्रेष्ठको आवाजमा समावेश ‘झ्याई पार्ने’ बोलको गीतमा यो जोडीले यस्तो कुरा गरेको हो । रमाइलो शैलीको यो गीतलाई सुमनको ‘दृश्य’ एल्बममा समावेश गरिएको छ । गायक सुमनले पहिले आफूले राष्ट्रियताको गीत बजारमा ल्याएको र अहिले नयाँ शैलीको गीत ल्याएको बताए । केदार धितालले निर्देशन गरेको यो भिडियोमा निशान घिमिरेको सम्पादन, ज्ञानेन्द्र शर्माको छायांकन छ । निर्देशक केदारले यूवाहरुलाई मनपर्ने शैलीमा भिडियोको निर्देशन गरेको बताए ।

Leave a comment

Your email address will not be published.


*