मुम्बई हमलाको कथा पाकिस्तानमा प्रतिवन्ध

 भदौ ४
मुम्बई । मुम्बईमा भएको चरमपन्थी हमलालाई मुख्य विषय बनाईएको हिन्दी चलचित्र ‘फ्यान्टम’ पाकिस्तानमा प्रदर्शन नहुने भएको छ । समाचार संस्था पीटीआईका अनुसार लाहौर कोर्टले जमात(उद(दावा का प्रमुख हाफिज सईदको याचिका माथी सुनुवाई गर्दै पाकिस्तानमा फिल्मलाई प्रतिबन्ध लाउने निर्णय गरेको हो । २८ अगस्तमा रिलिज हुने फिल्मको निर्देशक रहेका छन् कबीर खान । सन २००८ को नोभेम्बर २६ मा मुम्बईमा भएको चरमपन्थी हमलामाथि फिल्मको विषय केन्द्रित छ । हाफिज सईदले अदालतमा दायर गरेको याचिकामा फिल्मले उनको र उनको संगठनको बिरुद्ध दुष्प्रचार गरेको उल्लेख गरेका छन् । भारत सरकारले हाफिज सईदलाई डिसेम्बर २६ मा भएको मुम्बई हमलाको माष्टरमाईन्ड भएको आरोप लगाएको छ । यिनै निर्देशक कबिर खानले बनाएको अर्को फिल्म ‘बजरंगी भाईजान’ को भने पाकिस्तानमा निकै प्रसंसा भएको थियो । हिन्दी फिल्मलाई पाकिस्तानमा प्रतिबन्ध गरिनुलाई आश्चर्यको विषय भने मानिदैन । सेफ अलि खान अभिनित ‘एजेन्ट विनोद र सलमान खान अभिनित एक था टाईगर पनि पाकिस्तानमा प्रतिबन्ध लगाइएको थियो ।

Leave a comment

Your email address will not be published.


*