सलमान र दीपिका आकर्षक सेलिब्रिटी

 भदौ ३०
बलिउड सुपरस्टार सलमान खान आकर्षक ब्यक्तित्वको सूचीमा सबै भन्दा अगाडि छन् । उनले बलिउड बादशाह शाहरुख खान र पर्फेक्ट म्यान आमिर खानलाई पनि पछाडि पारेका छन् । ट्रस्ट रिसर्च एड्भाईजरी ले १६ शहरमा सर्वेक्षण गरेको थियो । सोही सर्वेक्षणको  आधारमा ‘बजरंगी भाईजान’ का नायक सलमान सबै भन्दा आकर्षक ब्यक्तित्व सावित भए । अभिताभ बच्चन दोस्रो स्थानमा परे भने शाहरुख तेस्रो स्थानमा परेका छन् । नायिका दीपिका पादुकोणले सुन्दरी महिलाको सूचीमा स्थान सुरक्षित गरिन् । कट्रिना कैफ चार नम्बरमा परेकी छिन् । खेल र मनोरञ्जन क्षेत्रमा संलग्न विभिन्न ब्यक्तित्वका विषयमा रिसर्च गरिएको थियो । यसमा महेन्द्र सिंह धोनी, राहुल द्रविण, रणबीर कपुर, हेमा मालिनी लगायत सहभागी थिए । टिआरएका सिईओ एन चन्द्रमौलिका अनुसार यस्ता प्रतियोगितामा प्राय त शारीरिक सुन्दरताले नै धेरै अंक पाउछ । समझदारी,आकंक्षा र ब्यबहारलाई पनि विचार गरिएको थियो ।

Leave a comment

Your email address will not be published.


*