अफगानिस्तानको राजधानी काबुलसहितका बिभिन्न स्थानमा श्रृँखलावद्ध आक्रमण, ५१ को मृत्यु, ८०  घाइते

अफगानिस्तान,२७,पुस
अफगानिस्तानको राजधानी काबुलसहितका ठाउँमा भएको श्रृँखलावद्ध आक्रमणमा परि कम्तिमा ५१ जनाको ज्यान गएको छ । राजधानी काबुलमा रहेको संसद भवन नजिक दुई वटा बम विस्फोट हुँदा ३० जना भन्दा धेरैको ज्यान गएको छ । घटनामा कम्तिमा ८० जना घाइते भएका छन् । यस्तै कान्दाहारको गभरनर्स गेष्टहाउसमा भएको विस्फोटमा परि कम्तिमा ११ जनाको ज्यान गएको तथा अन्य १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । घाइते हुनेमा अफगानिस्तानका लागि युएईका राजदूत पनि छन् । त्यसअघि हेल्मन्ड प्रान्तमा एक तालिबानी आक्रमणकारीले गरेको आत्मघाती बम विस्फोटनमा परि कम्तिमा सात जनाको ज्यान गएको छ । गुप्तचर विभागका अधिकारीले प्रयोग गर्ने गेष्टहाउसलाई लक्षित गरि आक्रमण भएको हो । संसद भवन नजिक व्यस्त समयमा भएको दुई बम विस्फोटको जिम्मा तालिबानले लिएको छ । राष्ट्रपति अशर्फ घानीले आक्रमणमा संलग्न सबैलाई पक्राउ गरिने दाबी गर्नुभएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave a comment

Your email address will not be published.


*