अमेरिकाः ९ अश्वेत व्यक्तिको हत्या गर्ने रुफलाई मृत्युदण्ड दिइने

अमेरिका,पुस,२७
अमेरिकाको साउथ क्यारोलिनामा गएको ९ जना अश्वेत व्यक्तिको ज्यान हत्यामा संलग्न व्यक्तिलाई मृत्युदण्डको सजाय दिइने भएको छ । साउथ क्यारोलिनाको जिल्ला अदालतमा भएको बहसमा १२ जना न्यायाधीशको जुरीले सन् २०१५ को जुन १७ मा अन्धाधुन्ध गोली प्रहार गरी ९ जना अश्वेत व्यक्तिको हत्या गर्ने डेलन रुफलाई मृत्युदण्ड दिइनु पर्ने बताएका हुन् । गोरा जातिको विशेष महत्व रहेको बताउने २२ वर्षका रुफले सन् २०१५ को जुन १७ मा ऐतिहासिक ब्ल्याक चार्लस्टोन चर्चमा आक्रमण गरेका थिए । १० महिला र दुई पुरुष सदस्य रहेको रहेको जुरीलाई निर्णयमा पुग्न तीन घण्टा छलफल गर्नुपरेको थियो । न्यायाधीश रिचार्ड गर्गेलले बुधबार रुफ विरुद्ध मृत्युदण्डको औपचारिक फैसला सुनाउनु हुनेछ । आफूविरुद्ध मृत्युदण्डको फैसला हुने थाहापाएपछि अदालतमा उपस्थित रुफले आफूले नयाँ वकिल पाउनु पर्ने र मुद्दाको पुनरावलोकन हुनु पर्ने बताएका थिए । न्यायाधीश गर्गेलले भने यस विषयमा रुफले आज आफ्नो विचार राख्न पाउने बताउनुभयो । रुफले प्रहरीसँग जातिय युद्ध सुरु गर्न चाहेको बताएको सिएनएनले जनाएको छ ।

Leave a comment

Your email address will not be published.


*