अमेरिकामा गोली हानाहान, दुईको मृत्यु

कात्तिक,२४
अमेरिकाको क्यालिफोर्निया राज्यको लोस एन्जलीज सहरमा गोली हानाहान हुँदा दुई जनाको मृत्यृ भएको छ भने उत्तिकै संख्यामा घाइते भएका छन् ।
सहरको अजुसा भन्ने स्थानमा स्थानीय समय अनुसार २ बजेर ५ मिनेटमा एक बन्धुकधारी र प्रहरीबीच भिडन्त भएको हो ।
घटनापछि त्यो क्षेत्रमा रहेका स्कुलहरु बन्द गरिएका छन् भने दुईवटा केन्द्रहरुमा मतदान स्थगन गरिएको थियो ।
मारिने मध्ये एक आक्रमणकारी र अर्का एक सर्वसाधरण रहेका छन् । घाइते भएका दुई व्यक्तिलाई अस्पताल लगिएको छ ।

Leave a comment

Your email address will not be published.


*