इन्डोनेसियामा ७ दशमलव २ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का

इन्डोनेसिया,२६,पुस
इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भूकम्प नेटवर्क केन्द्र सिइएनसीले जनाएको छ । सिइएनसीका अनुसार बिहीबार विहानै गएको भूकम्प ७ दशमलव २ म्याग्निच्युडको भएको र भूकम्पको केन्द्रविन्दु ४ दशमलव ५३ डिग्री उत्तरी अक्षांश र १२२ दशमलव ६९ पूर्वी देशान्तर इन्डा्नेसियामा परेको थियो । तर अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएस विभागले भने उक्त भूकम्पीय कम्पन ६ दशमलव ९ म्याग्नीच्युडको भएको जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे समाचार आज समाचार तयार पार्दासम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन । भूकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन ।

Leave a comment

Your email address will not be published.


*