कोलम्बियाको दुर्गम गाउँमा झोलुङ्गे पुल खस्दा ११ जनाको मृत्यु

कोलम्बिया,२६,पुस
कोलम्बियाको भिलाभिसेन्सियो शहरनजिकको दुर्गम गाउँमा झोलुङगे पुल खस्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका बढी परेका छन् । पुल चुँडिएर ८० मिटर तल नदीमा खसेको थियो । बढी भारका कारण पुल चुँडिएको अनुमान गरिएको छ । उक्त पुल स्थानीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएको थियो ।

Leave a comment

Your email address will not be published.


*