ब्राजिलको कारागारमा प्रतिस्पर्धी समूहबीच झडप,तीनको शीर छेदन गरिएको अवस्थामा शव फेला

ब्राजिल,२५,पुस
ब्राजिलको मानाउस शहरको भिडाल पेसो कारागारमा प्रतिस्पर्धी समूहबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मारिने तीन जनाको शिरछेदन गरिएको अवस्थामा शव फेला परेको छ । गत हप्ता प्रतिस्पर्धी समूहबीच चर्किएको हिंसामा ५६ जना बन्दीको मृत्यु भएपछि उक्त कारागार पुनः खोलिएको थियो । लागू औषध तस्करीमा समातिएका समूहहरुबीच राज्यका विभिन्न कारागारमा हिंसा भड्किने गरेको छ । गत शुक्रबार मात्र छिमेकी रोराइमा राज्यको कारागारमा भड्किएको हिंसामा ३३ जना मारिएका थिए ।

Leave a comment

Your email address will not be published.


*