अब पनि मुलुकमा विकास र समृद्धिले गति नलिए सबै दोषी हुने ः प्रचन्ड

चितवन,पुस ,२१।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले अब पनि मुलुकमा विकास र समृद्धिले गति नलिए सबै दोषी हुने बताउनुभएको छ । आज (शुक्रबार) चितवन उद्योग संघको नवौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा देशको विकास भएन भनेर राजादेखि विभिन्न शक्तिहरुलाई दोष दिएको भन्दै अब मुलुकको विकासको निम्ति कसैलाई दोष नलगाउन नहुने बताउनुभयो । दुई छिमेकी देशको विकासवाट लाभाम्वित भएर नयाँ नेपालको निर्माण थालनी हुने प्रचण्डको भनाई छ । उहाँले राजनैतिक युग सकिएसँगै देश आर्थिक युगको चरणमा प्रवेश गरेको वताउनुभयो । प्रचण्डले पाँच वर्ष दु्रत रुपमा काम गरेर नयाँ युग आएको अनुभूति नागरिकलाई दिलाउनुपर्ने वताउनुभयो । आउने दशकहरु नेपालको सँमृद्धिको दशक वन्ने उहाँले वताउनुभयो ।
प्रचण्डले चितवन केन्द्र र प्रदेशको राजधानी बन्न सक्ने सम्भावना रहेपनि आर्थिक राजधानी भने बनेरै छाड्ने वताउनुभयो । उहाँले चितवनलाई आर्थिक विकासको राजधानी वनाउन कसैले रोकेर नरोकिने दावी गर्नुभयो । नेपालको आत्मनिर्भ उद्योगका क्षेत्रमा चितवनले महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रचण्डले शक्तिखोरमा औधोगिक क्षेत्र निर्माण गरेर औधोगिक विकास गरिने वताउनुभयो ।

Leave a comment

Your email address will not be published.


*