खैरहनी र राप्तीमा कुष्ठरोगी खोजिदै

चितवन,चैत २४ –

चितवनको खैरहनी नगरपालिकामा २५ गतेदेखी कुष्टरोगका विरामी खोज्न घरदैलो कार्यक्रम गरिने भएको छ । खैरहनी नगरपालिका अन्र्तगतको स्वास्थ्य शाखाले शुक्रवार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा चैत २५ गतेदेखी २९ गते सम्म नगर भित्र रहेका कुष्टरोगका विरामी खोज्न घरदैलो कार्यक्रम गर्न लागेको वताएको हो । स्वास्थ्य शाखा संयोजक माया पाण्डेका अनुसार नगरका १३ वटै वडामा स्वास्थ्यकर्मी र महिला स्वयमसेविकालाई घरघरमै खटाएर रोगी पत्ता लगाईनेछ । खैरहनीमा हाल ८ जना कुष्टरोगका विरामीले नियमित औषधी सेवन गरिरहेका छन् ।

घरदैलोमा ३६ जना महिला स्वयमसेविका र ८ जना स्वास्थ्यकर्मीसहितको टोली परिचालन हुनेछन् । सरकारले वि.स. २०६६ सालमै कुष्टरोग निवारण भएको घोषणा गरेतापनि रोग निवारण नभएपछि वि.सं. २००२ सालभित्र पुन निवारण गर्ने लक्ष्य लिएको छ । तराईका १८ वटा जिल्लामा रोग निवारण नभएपछि पुन घरदैलोमा पुगेर रोगीको अवस्था पत्ता लगाउन लागिएको स्वास्थ्य शाखा संयोजक पाण्डेले वताईन् । चितवनमा ७८ जना कुष्टरोगका विरामी छन् ।

जस मध्ये ४७ जना भरतपुर महानगरपालिका भित्रै छन् । रत्ननगरमा ७,राप्तीमा ४,कालिकामा २ र इच्छाकामना गाउँपालिकामा १ जना रोगीले औषधी सेवन गरिरहेका छन् । माडी नगरपालिकामा भने कुष्टरोगको अवस्था हाल सम्म शुन्य छ । चितवनकै राप्ती नगरपालिकामा पनि यही चैतको २६ गतेदेखी ३० गते सम्म कुष्टरोगीको पहिचान गर्न घरदैलो कार्यक्रम गरिदै छ । सो नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राजेन्द्र पराजुलीका अनुसार पाँच दिने घरदैलोका क्रममा नयाँ रोगीको अवस्था पत्ता लाग्ने वताए । घरदैलोका क्रममा शंकास्पद लागेकाहरुलाई स्वास्थ्य संस्थामा लगि रोगको पहिचान गरिनेछ । कुष्टरोगको मृत्युदर कम भएपनि यस रोगका कारण अंगभंग हुन्छ । सर्ने(किटाणु धेरै ) भएका रोगीले १२ महिना भित्र नियमित तथा कम सर्ने(किटाणु नदेखिने ) रोगीले ६ महिनाभित्र लगातार औषधी सेवन गरे यो रोग निको हुन्छ । यो रोगको औषधीले सरकारले निशुल्क उपलव्ध गराएको छ ।

Leave a comment

Your email address will not be published.


*