चार बर्ष भित्र रत्ननगरमा वालश्रम अन्त्य ः उपमेयर दुवाडी

रत्ननगर,२३, जेठ ।
रत्ननगर नगरपालिकी उपमेयर विमला दुवाडीले चार भित्र रत्ननगर नगरपालिकामा वालश्रम अन्त्य गर्ने दृढता व्यक्त गरेकी छन । सामुदायिक सेवा केन्द्रद्धारा सञ्चालित खेल्दै सिक्दै केन्द्रको योजना बनाउन सौराहामा आयोजना गरिएको कार्यशाला गोष्ठीको समापन कार्यक्रममा उनले रत्ननगर नगरपालिका भित्र रहेका श्रमिक वालवालिकाको उद्दार गरी उनीहरुलाई पारिवारिक पुर्नमिलन तथा शिक्षा प्रदान गरेर नगरलाई वालश्रम मुक्त बनाउने उनले बताइन ।
उपमेयर दुवाडीले नगरपालिकालाई वालमैत्री नगर बनाउन पाँच बर्षे आवधिक रणनीतिक योजना बनाएर कार्यपालिकाबाट पारित समेत भइसकेको बताइन । उनले अबको चार बर्ष भित्र कुनै पनि हालतमा नगरलाई वालमैत्री बनाउनु पर्ने बताइन । उनले श्रमिम वालवालिकालाई शिक्षा र आभिभावकलाई आयआर्जनका लागि सहयोग गरिएको बताइन ।
कार्यशालाको अन्तिम दिन बुधवार केन्द्रकी कक्षा परिचालक संगिता खनालले श्रमिक वालवालिकालाई प्रदान गरिएको बैकल्पिक शिक्षा र भएका उपलब्धीका बारेमा प्रकाश पारेकी थिइन ।
सामुदायिक सेवा केन्द्र र समुन्नत नेपालले आयोजना गरेको सो कार्यक्रममा उपमेयर दुवाडीको अध्यक्षतामा खेल्दै सिक्दै केन्द्र सञ्चालनको लागि कार्यदल समेत गठन गरिएको छ ।
कार्यक्रममा खेल्दै सिक्दै केन्द्रकी संयोजक पार्वती न्यौपानेले श्रमिक वालवालिकालाई शिक्षाको मुल धारमा ल्याउन बैकल्पिक शिक्षा सुरु गरिएको बताइन ।
सेवा केन्द्र द्धारा सञ्चालित खेल्दै सिक्दै केन्द्रमा हाल ३८ जना वालश्रमिकहरुले बैकल्पिक शिक्षा लिइरहेको कक्षा परिचालक संगिता खनालले जानकारी दिइन । सामुदायिक सेवा केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो ।

Leave a comment

Your email address will not be published.


*