चितवनमा जलपंक्षी गणना शुरु

चितवन,२७,पुस
चराको अवस्था पत्ता लगाउन चितवनका विभिन्न क्षेत्रमा जलपंक्षिको गणना शुरु गरिएको छ । चितवनको राप्ती नदी र ढुंग्रे खोलाबाट बुधबारदेखि जलपंक्षिको गणना शुरु गरिएको चरा विज्ञ तथा वर्ड एजुकेशन सोसाईटी चितवनका निवर्तमान अध्यक्ष बासु विंडारीले जानकारी दिनुभयो । उहाका अनुसार गणना कार्य आजदेखि २ हप्तासम्म चल्ने छ । राष्ट्रव्यापी रुपमा पुस २३ गतेदेखि देखि माघ १० सम्म जलपंक्षिको गणना गरिने भएपनि चितवन र नवलपरासी लगायतका क्षेत्रमा भने आजबाट मात्र शुरु भएको विंडारीले जानकारी दिनुभयो । राप्ती र नारायणी क्षेत्रमा एकैसाथ गणना गरेर चराको अवस्था पत्ता लगाईने उहाको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा पानीमा पाईने चराको वासस्थान रहेको छ । चितवनमा पाईने चरा मध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन् । त्यसैले पानीमा पाईने चराको अवस्था र बासस्थानको अवस्था यकिन गर्न गणना थालिएको हो । यसपालीको गणनामा पुर्वी चितवनको भण्डारा स्थित मत्स्य विकास केन्द्रको परिसरमा समेत चराको अनुगमन हुने वर्ड एजुकेशन सोसाईटीले जनाएको छ । सोसाईटीको अगुवाई र चितवन निकुञ्जको सहयोगमा गणना थालिएको। गणनाका लागि ५० जना गाइड परिचालन गरिएको छ । ढुंग्रेखोला, बुढी राप्ती, कसरा, राप्ती नदी, लामीताल, राप्ती घाट, तमोर ताल, विसहजारीताल र नवलपरासी सेक्टरमा समेत गणना हुने जनाईएको छ ।

Leave a comment

Your email address will not be published.


*