जाडो छल्न विभिन्न प्रजातिका चरा नेपाल भित्रिए

चितवन,पुस,२१ ।
जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा हेमसागर बरालका अनुसार धेरै चरा हिमाल र पहाडका घाँटी नाघेर जाडो छल्न नेपाल भित्रिसकेको छ ।
मुख्यगरी तिब्बत क्षेत्रमा माइनस डिग्री तामक्रम भएकाले चरा जाडो छल्न नेपाल आउने गर्छन् । केही चरा सगरमाथा नाघेरै नेपाल आइसकेका डा बराल बताउनुहुन्छ । साइबेरियाबाट ठूलो संख्यामा चरा नेपाल आएका छन् ।
यसरी बाहिरबाट झण्डै १५० प्रजातिका चरा जाडो छल्न आउने गरेका छन् । जसमा हाँस प्रजातिमात्रै २२ भन्दा बढीका रहेकाछन् ।
बसाइँ सरेर आउने १५० मध्ये जलक्षेत्रमा बस्ने ५० भन्दा बढी प्रजाति छन् । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु बिँडारीले खोया हाँस सगरमाथा नाघेर आइसकेको बताउनुभयो ।
यसवर्षमा पनि जलपक्षी चराको अवस्था पत्ता लगाई संरक्षणको रणनीति बनाउन चरा गणना हुन लागेको उहाँको भनाइ छ । चितवनका अर्का चरा विज्ञ टीका गिरी चराको अवस्थाका बारेमा अध्यावधि गर्न वर्षेनी पानीचराको गणना हुने गरेको र यो वर्ष पनि गणना गर्ने तयारीमा रहेको बताउनुहुन्छ । रासस ।

Leave a comment

Your email address will not be published.


*