तिहार,छठ पर्व र नेपाल सम्वतका अवसरमा रेडियो चितवनका कार्यकारी अध्यक्ष श्रेष्ठद्वारा शुभकामना

चितवनं, कात्तिक ३ ।
रेडियो चितवनका कार्यकारी अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले नेपालीहरुको महान चाड तिहार, छठ पर्व र नेपाल सम्वत् ११३८ को पावन अवसरमा रेडियोका सेयर सदस्य,विज्ञापन दाता,स्रोता,कर्मचारी लगाएत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल सम्वत् ११३८ को अवसरमा शुभकामना दिँदै श्रेष्ठले सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वतले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यकारी अध्यक्ष श्रेष्ठले नेपाल सम्वत् ११३८ ले नयाँ जोश, उमङ्ग, उत्साहसहित मुलुक र मुलुकवासीमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

Leave a comment

Your email address will not be published.


*