दोश्रो चरणको स्थानीय निर्वाचनमा राप्रपाले अत्याधिक स्थानमा बिजयी हासिल गर्ने ः अनिल लामा

रत्ननगर,बैशाख,६ ।
राष्ट्रिय प्रजातान्त्रीक युवा संगठनका केन्द्रिय सदस्य तथा राप्रपाका चितवन जिल्ला सदस्य अनिल लामा संग आसन्न स्थानीय निर्वाचको समसामयी विषयमा रत्ननगर न्यूज डटकमका सम्वाददाता सञ्जय चौधरीले गर्नुभएको कुराकानी ………….
१) तपाई सफल व्यवसाई पनि हुनुहुन्छ राजनिती क्षेत्रमा लाग्नुको कारण के होला ? व्यवसाई र राजनितीलाई कसरी अगाडी बढाई रहनुभएको छ ।
हेर्नुहोस् मेरो विचारमा राजनीति र व्यवसाय फरक पाटो हो । हरेक राजनितिज्ञले कुनै न कुनै पेशा गर्नैपर्ने हुन्छ । पेशाबाट आर्थीक उपार्जन गरीन्छ भने राजनीतिमा देश र जनताका निमित्त नितान्त सेवा गरिन्छ । जवसम्म राजनीतिलाईनै पेशाको रुपमा लिईन्छ तवसम्म भ्रष्टाचार बिहीन समाज र समुन्नत राष्ट निर्माण गर्न असम्भव हुन्छ । व्यवसाय र राजनीति दुबै एकैसाथ गर्नु पर्ने भएकाले दुबैलाई बराबर समय मिलाएर अगाडी बढाई रहेको छु ।
२) पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा राप्रपाले पकड जमाउन नसक्नुको कारण के होला ?
हाम्रो लोकप्रियताबाट अत्ताल्लिर्ई राप्रपालाई सुनुयोजित ठंगले चौतर्फी घेराबन्दिमा पारी हाम्रा बिरुद्ध जनतामा अफवाह र भ्रम फैल्याउने कार्य भए, हामीले पनि सांगठनीक संरचनामा ध्यान पुर्याउन नसक्नु,अफवाह र भ्रमलाईलाई चिर्न नसक्नु,साथै महाधिवेशनमा पराजित भएका र वरिष्ट नेताहरुलाई विभिन्न जिम्मेवारी दिई एक ठिक्का बनाई व्यवस्थापन गर्न नसक्नु,भातृ संगठन र कार्यकर्तालाई सक्रिय बनाई चलायमान बनाउन नसक्नु,हाम्रा मुल्य मान्यता र लक्ष्यहरुलाई जनता समक्ष पुर्याउन नसक्नु साथैे हामी भित्रका केही आन्तरीक किचलो लगाएका कारणहरु हुन सक्छन् त्यस्लाई हामी समिक्षा गरी अगाडी बढ्छौं ।
३) दोश्रो तहको स्थानीय तहमा चुनाव जित्ने आधारहरु के के छन् ?
तराईमा हाम्रा सांगठनीक संरचना मजबुत हुनाका साथै सुभचिन्तक अत्याधिक मात्रामा रहेका छन् र बिगतमा पनि त्यस स्थानहरुबाट उल्लेख्य मात्रामा मत प्राप्त गरेको साथै हालको अनपेक्षित मत परिणामलाई समिक्षा गरी थप मेहनत गरी अघि बढ्ने कारणले दोश्रो तहको स्थानीय चुनावमा हामीले अत्याधिक स्थानमा बिजयी गरी अग्र स्थान लिन्छौ ।
४) राप्रपालाई हिन्दु राष्ट्रको एजेन्डा छोडेको आरोप लाग्ने गरेको छन् नी ?
मैले अघि पनि भने त्यो हामी विरुद्धको सुनियोजित प्रहार र हामी हाम्रा एजेन्टामा पूर्ण प्रतिवद्ध छौं । यस विषयमा जनताको मतबाट हामी हाम्रा एजेन्डा स्थापित गराएरै छाड्नेछौं,जनताले हामीलाई पूर्ण विश्वास गर्ने कुरामा हामी विशवस्तछौं यदि कसैले यस्तो अफवाह फैलाएर हाम्रा बिरुद्ध लागी हामीलाई सिध्याएर नेपाली जनतालाई धोका दिई अन्धकारमा राखि पश्चिमा शक्तिहरुलाई खुसि तुल्याई राष्ट राष्टियता र संस्कृति माथी निर्मम प्रहार गर्ने परिकल्पाना गरेको भए त्यो उनीहरुको दिवा सपना मात्र हुनेछ अब नेपाललाई हिन्दु राष्ट हुनबाट कसैले रोकेर रोकिने छैन नेपाली जनतामा हामीलाई पूर्ण विश्वास छ ।
५) दोश्रो तहको निर्वाचनमा बिजयी हासिल गर्ने योजनाहरु के के छन् ?
हामी अहिलेको निर्वाचनमा प्राप्त अनपेक्षित मत परिणामलाई जनताको मतादेशको रुपमा प्रयोग गरेका छौं । हामी कत्तिपनि बिचलित नभई हाम्रा कमी कमजोरीलाई पहिचान गरी अझ ससक्त ढंगले अधि बढ्ने छौ केन्द्रको समिक्षा बैठक पछिको निर्देशन अनुरुप अघि बढ्नेछौं हाम्रा मुल्य मान्यता र लक्ष्यलाई लिएर जनताको घर घरमा पुग्नेछौ साथै बिकाश र समृद्धिकालागी हामीले देखेको सपना नेपाली जनता संग साट्ने छौं । हालको कमी कमजोरीलाई सुधार गरी अझ कडा मेहनत गरी अधि बढ्नेछौ र सोही अनुरुप अत्याधिक स्थानमा विजयी हासिल गर्ने छौं ।
६) यदि राप्रपाले बिजयी हासिल गरेको खण्डमा देश र जनताका निम्ति के के कार्य गर्नु हुन्छ ?
सर्वप्रथम त आधारभूत आवश्यकता गास,वास र कपास पूरा गर्न तर्फ लाग्नेछौ साथै स्वास्थ्य शिक्षा र रोजगार लगाएतका क्षेत्रमा उल्लेख्य मात्रा योजना अनुसार नै अगाडी बढाई बिकसित समुन्नत र समिृद्ध राष्ट निर्माण गर्नेछौं साथै प्रसस्त मात्रामा रोजगारीको अवस्था सिर्जना गरी स्थानीय स्रोत साधनलाई उपयोग गरी आर्थीक र सामाजिक क्रान्ति गर्नेछौं । देशमा छोटो समयमा आमुल परिवर्तन गरी नेपाली जनताको परिकल्पना साकार पार्नेछौं ।
७) जनताले राप्रपालाई किन भोट दिने ?
हामी राष्टियता प्रजातन्त्र र उदारवादको नितीलाई आत्मसाथ गरी अघि बढ्ने राष्टबादी पार्टि हौं । हाम्रा नेता कार्यकर्ता स्वच्छ छवि र सकारात्मक र अग्रगामी सोच भएका छन् । हामीमा आर्थीक पारदर्शीता छ । हाम्रा पार्टिका कुनैपनि नेता कार्यकर्ता माथी भ्रष्टाचारका आरोप लागेका छैनन् हामी पूर्ण रुपमा राष्ट र जनता प्रति समप्रित छौं । हामीमा राष्ट प्रेम र राष्टभक्ति भावना छ । हामी नेपाललाई समून्नत राष्ट बनाई सामान्य रोजगारीकोलागी बिदेश पलाएन भएका लार्खौ युवाहरुलाई नेपालमै रोजगारीको अवसर सिर्जना गरी आफ्नै परिवारसंग सुख,दुःख बाड्ने अवस्था सृजना गर्नेछौं । शिक्षा, स्वास्थय, रोजगार बिकाश निर्माण जस्ता कार्यहरु द्रुत गतिमा अगाडी बढाई समुन्नत राष्ट निर्माण गर्ने छौ । हामी लोकतन्त्रमा पूर्ण बिश्वास गर्ने र हाम्रा एजेन्डालाई जनताको मतबाट स्थापित गरी राष्ट र राष्टियतालाई बचाउने एकमात्र राष्टबादी पार्टि राप्रपा भएकोले राप्रपालाई जनताले भोट दिनुपर्ने अत्यावश्यक छ ।

Leave a comment

Your email address will not be published.


*