नारायणगढ – मुग्लिन सडक फेरि अवरुद्ध, दुई ठाउँमा पहिरो गयो

चितवन, असार २० ।
नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका(६ कालिखोला नजिकै मंगलबार दिउँसो पहिरो जाँदा सडक अबरुद्ध भएको छ ।
दिउँसो साढे तीन बजे कालिखोला नजिक दुई स्थानमा पहिरो गई सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । अहिले पानी परिरहेकाले र माथिबाट पहिरो खसिरहेकोले पहिरो हटाउन नसकिएकोे हो । पहिरो खस्न रोकिँना साथ पहिरो हटाएर सडक संचालन गरिने प्रहरीले जनाएको छ । अहिलेलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

Leave a comment

Your email address will not be published.


*