नेपाली सेनाद्धारा चेपाङको स्वास्थ्य परीक्षण

रत्ननगर,२७,पुस
नेपाली सेनाले चितवनको पहाडी क्षेत्र शक्तिखोर र सिद्धिका विपन्न चेपाङ समुदायको आज स्वास्थ्य परीक्षण गरेको छ । भरतपुर अस्पताल,भरतपुर आँखा अस्पताल र क्लीनिक नेपालको सहयोगमा दि फेमस महिन्द्र दल गण भरतपुरले शक्तिखोरको चर्तुमुखी उच्च माविमा शिविर गरेर चेपाङको स्वास्थ्य परीक्षण गरेको हो । भरतपुर अस्पताल,आँखा अस्पताल र नेपाली सेनाकै विशेषज्ञ डाक्टरहरु आउने थाहापाएपछि टाढा टाढाबाट पनि चेपाङ समुदाय स्वास्थ्य परीक्षणको लागि शक्तिखोर आएका थिए । शिविरमा चेपाङ सहित अन्य जातजातिका २७५ जना विरामीको स्वास्थ्य परीक्षण गरी निशुल्क औषधि वितरण गरिएको दि फेमस महिन्द्र दल गण भरतपुरका गणपति सुरेन्द्र सापकोटाले जानकारी दिनुभयो । शिविरमा क्लीनिक नेपालले औषधि उपलब्ध गराएको थियो । शिविरमा आँखा,वालरोग,नाक,कान,घाँटी,स्त्री रोग,नसा रोग र उच्च रक्तचाप भएका विरामीहरुले स्वास्थ्य परीक्षण गराएको गणपति सापकोटाले जानकारी दिनुभयो । शिविरमा उच्च रक्तचाप,पेट पुख्ने समस्या,नसा रोग जस्ता दीर्घरोगीहरुले पनि उपचार गराएर फाईदा लिएका छन । शिविर सञ्चालनको लागि नेपाली सेनाको स्वास्थ्य टोली र भरतपुर अस्पताल तथा भरतपुर आँखा अस्पतालका डाक्टर सहितको चिकित्सवको टोली शक्तिखोर पुगेका थिए । गाउँमै सबै प्रकारको स्वास्थ्य सेवा पाएपछि विकटका चेपाङहरु खुसी भएका थिए ।

Leave a comment

Your email address will not be published.


*