पाँचौ खिचरा महोत्सव आजदेखि, रेडियो चितवनले प्रत्यक्ष प्रसारण गर्ने

सञ्जय चौधरी, चितवन, २८, पुस ।
धर्तीपुत्रका रुपमा परिचित चितवनका थारु समुदायले सञ्चालन गर्ने ‘पाँचौ खिचरा महोत्सव आज बाट सुरु हुदै छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले आयोजना गरेको सो महोत्सवको भूमी सुधार मन्त्री गोपाल दहितले दिउँसो १२ बजे उद्धघाटन गर्नुहुने कार्यक्रम छ ।
यसवर्ष महोत्सव परिसरमा घोङ्घी र पोकाको (चिचर) को ५ फिटको विशाल मूर्ति निर्माण गरिएको छ । महोसव उद्धघाटन पूर्व पर्सा बजारको मगनि चोकमा बिहान १० बजे जम्माभई पर्साको चौबिसकोठी हुदै पुरानो पर्सा हुदै महोत्सव परिसर सम्म वृहत शोभायात्रा निकालिने आयोजकले जानकारी दिएको छ ।
शोभायात्रामा विभिन्न जातजातिका झाँकी, संघसंस्था, आमा समुह, टोल बिकास संस्था, क्लव लगाएतका संघसंस्थाहरुको सहभागिता रहने शेभायात्रा व्यवस्थापन समितिकी संयोजक सुनिता चौधरीले जानकारी दिईन् । महोत्सवलाई लक्षित गरी नयाँ पर्सा र पुरानो पर्सा बजार ध्वजा पतकाले सिंगारिएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित पूर्वी चितवनको खैरहनी नगरपालिका–५, जबकौली गौचरनमा महोत्सव पुस २८ देखि माघ ८ सम्म चल्ने छ ।
पुस २८ देखि माघ ८ सम्म आयोजना हुने महोत्सवमा थारु खानाका परिकारका स्टल लगाएत २०० स्टल रहनेछ । महोत्सव परिसर भित्रै थारु खानाका परिकार घोङ्घी, चिचर, माछा लगाएत अन्य फुड फेष्टिबल हुनेछ ।
यस्तै महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहारमा एउटा पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा १५० एम.एल को २५ रुपैयाँको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको छ ।
महोत्सवमा बाल उद्यान, मनोरञ्जनात्मक खेलहरु पनि महोत्सव परिसरभित्र राखिनुका साथै ११ दिन सम्म चल्ने महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तर्गत मिलन लामा, शिव परियार, पशुपति शर्मा, प्रमोद खरेल, ज्वति मगर, मिलन आमत्य, रमेश राज भट्टराई, कमल खत्रि, सञ्जय चौधरी, मनोज महतो, सुरेस लामा, भुवन प्यासि,मानस राज लगाएत र ख्यातिप्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने साँस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरीले जानकारी दिए । साथै हरेक दिन ठेकरा, डम्फु, झर्रा लगाएत थारु साँस्कृतिक कार्यक्रमहरु पनि रहेने साँस्कृतिक कार्यक्रम संयोजक चौधरीले बताए ।
पर्यटनलाई प्रवद्र्धन गर्नका लागि महोत्सवस्थलदेखि कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी र जंगल सफारी, महोत्सव परिसरमा बोटिङ्ग कार्यक्रम राखिएको संयोजक महतोले जानकारी दिए ।
महोत्सवमा आउने युवाहरुलाई लक्षित गरी खिचरा महोत्सवको पेज मार्फत सेल्फी प्रतियोगिता, खेलाडीहरुका लागि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता, ४० वर्षभन्दा माथिका महिला र पुरुषको लागि छुट्टाछुट्टै दौड प्रतियोगिता, कृषकहरुका लागि कृषि उपज प्रतियोगिता र थारु हस्तकला सम्बन्धि सीप जगेर्ना एवम् युवापुस्तालाई हस्तान्तत्रण गर्नका लागि थारु साँस्कृतिक घरेलु हस्तकला सामग्री निर्माण प्रतियोगिता आयोजना गरिएको प्रचारप्रसार संयोजक कारी महतोले बताए ।
यस वर्षको महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने महोत्वसवमा करिव १० करोडको कारोबारहुने आर्थिक समितिका संयोजक संजय चौधरीले जानकारी दिए ।
थारु आन्दोलनका घाईते सन्जीत महतोलाई निशुल्क उपचार गरेको हुनाले एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरका डा. प्रमेद लामिछाने र प्रबन्ध निर्देशक डा. बियम खरेललाई सो अवसरमा सम्मान गरीने भएकोछ । साथै सोहि अवसरमा दक्षिण कोरिया थारु कल्याणकारी सभाले जम्मा गरेको रु १ लाख भन्दा बढी रकम घाईते सन्जीत महतोलाई प्रदान गरिने प्रचारप्रसार संयोजक कारी महतोले बताए ।
महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० रुपैयाँ टिकट शुल्क लाग्ने र विद्यार्थीका लागि २५ रुपैयाँ टिकट लाग्ने जनाइएको छ । टिकट बिक्रीबाट संकलित रकम थारु आन्दोलनका घाइते सन्जीत महतोलाई सहयोग गर्नुका साथै थारु संग्रहालय र इ–लाइब्रेरी बनाउनका लागि खर्च गरिने आयोजकले जनाएको छ । महोत्सव थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले आयोजना गर्न लागेको हो ।

Leave a comment

Your email address will not be published.


*