बाम गठबन्धनका उमेद्धवारहरुलाई विजयी गराऔँ ः युवा नेता लामा

रत्ननगर, मंसिर, १६ ।
राष्ट्रिय प्रजातान्त्रीक युवा संगठनका केन्द्रिय सदस्य तथा राप्रपाका चितवन जिल्ला सदस्य अनिल लामा राप्रपा (प्रजातान्त्रीक) पार्टि परित्याग गरी भर्खरै नेकपा (माओवादी) केन्द्रमा प्रवेश गर्नुभएको छ । राप्रपा (प्रजातान्त्रीक) परित्याग गर्नुको कारण र आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्वन्धि समसामयी विषयमा रेडियो चितवनका सम्वाददाता सञ्जय चौधरीले गर्नुभएको कुराकानी ……………..

१) राप्रपा (प्रजातान्त्रीक) परित्याग गरी तपाई माओवादी केन्द्रमा किन प्रबेश गर्नुभयो ?
अहिलेको परिवेशमा हामीले मुख्य प्राथमिकता विकास र समृद्धिलाई राख्नुपर्दछ । त्यो तवमात्र सम्भव हुन्छ । जव देशमा राजनितीक स्थायीत्व हुन्छ स्थायी सरकार हुन्छ र भिजन र खुबि भएका व्यक्ति वा पार्टिले सरकार र देशको नेतृत्व गर्दछ । जव कम्न्युष्ट पार्टिहरु एक बनाएर देश समृद्धिको दिशामा अगाडि बढाउने महाअभियानको सुरुवात भयो त्यस महाअभियानलाई काधँमा काधँ हातमा हात मिलाएर अधि बढ्नु पर्छ र यसमा पनि सहभागि हुन्छु मैले पनि योगदान गर्नै पर्छ भन्ने सोचेर माओवादी केन्द्रमा प्रवेश गरेको हु ।

२) यहाँहरुको असन्तुष्टि चितवन क्षेत्र न ३ राप्रपा (प्रजातान्त्रीक) तथा लोकतान्त्रिक गठवन्धनका उमेद्धवार बिक्रम पाण्डे प्रति हो ? या अरु कुनै कारण छन् ?
पार्टि परिवर्तन गरेपनि मेरो विक्रम पाण्डेज्यू प्रति उच्च सम्मान छ । उहाँमा राष्ट्रवादि नेतामा हुनुपर्ने सबै गुण छ र उहाँ विकास प्रेमि नेता पनि हुनुहुन्छ । उहाँ प्रति हाम्रो कुनै असन्तुष्टि छैन । पार्टिले अवलम्वन गरेको निती प्रति चाही हाम्रो असन्तुष्टि हो । देश भरबाट प्रतिनिधी सभा तर्फ ४ जना र प्रदेश सभा तर्फबाट ५ जना मात्र उमेद्धवार उठाएका छन् यसले सिमित नेताको सिट र राजनिती मात्रै सुरक्षित गरेको छ । यति सिटमा विजयी हासिल गरेपनि न कुनै एजेन्डा स्थापित गर्न सक्छ न देशलाई निकाश दिई विकसित र समृद्ध राष्ट्र निर्माणको जनताका सपनालाई साकार गर्न सक्दछ । पार्टि पनि निहित व्यक्तिका कारणले तीन चिरामा विभाजित भएका छन् । यसले हालको दल सम्वन्धि प्रावधान अनुसारको ३ प्रतिशत मत पनि ल्याउने देखिदैन पार्टिनै धरासायि हुने निश्चित छ । पार्टि नेतृत्व तहबाट पार्टिका आम कार्यकर्ता शुभचिन्त र सिङ्गो पार्टिको भविष्य अन्धकारमय बनाउने र सिमित नेताहरुको स्वार्थ मात्र पुर्ती गर्ने खेलमा लागेका कारणले हामीले पार्टि परित्य गरेका हौं ।

३) तपाई त हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै हिड्ने मान्छे, माओवादी केन्द्रको एजेन्डा गणतन्त्र र धर्मनिरपेक्ष, के तपाईले गणतन्त्र र धर्म निरपेक्षतालाई स्विकार्नु भएकै हो त ?
मेरो व्यक्तिगत विचारमा भन्नुपर्दा म अहिले पनि राजसंस्था र हिन्दु राष्ट्र प्रति आस्था राख्दछु । यद्धपि पार्टिको एजेन्डा प्रति चाहि पूर्ण प्रतिवद्ध छु । २४० वर्ष देखि एउटा गौरवपूर्ण ईतिहास बोकेको राजसंस्थालाई कुनै न कुनै स्थान दिनु पर्ने हो भन्ने मेरो धारणा हो र हिन्दु धर्मको कुरा गर्नु पर्दा हिन्दु धर्म हाम्रो धर्म मात्रै होईन हाम्रा परम्परा र संस्कृति पनि हो । यसको हरेक नेपालीले सम्मान र संरक्षण गर्नुपर्दछ यो हाम्रो कर्तव्य पनि हो । यसको जगेर्ना गर्नुपर्छ भन्ने मेरो धारणा हो र केही समय अघि धर्म निरपेक्षमा सरकारले संविधान संसोधन गरी अंकुश पनि लगाएका छन् । गणतन्त्र र धर्मनिरपेक्ष स्वीकार्नु नस्वीकार्नु अर्को पाटो हो तर मुख्य कुरा देशको आर्थिक समृद्धि र विकास भएका कारणले अन्य कुरामा नजर अन्दाज गरी माओवादी केन्द्रमा समाहित भएका हौं ।

४) माओवादीमा प्रवेश गर्दा ठूलो वार्गेनिङग भयो भन्ने चर्चा छ नि ?
यो नितान्त आधारहिन तथ्य हिन कपोकल्पित आरोप हुन् । गठनन्धन विरोधि, विकास र समृद्धि विरोधि तत्वहरुले फैलाएको अफवाह हुन् यसमा कुनै सत्यता छैन । हाम्रो कसैसंग कुनै प्रकारको वार्गेनिङग भएको छैन । जे निर्णय लियौं आफ्नो विवेक प्रयोग गरेर लिएका छौं । हामी समृद्ध राष्ट्रनिर्माणमा समर्पित हुन चाहन्छौं । विकसित र समुन्नत राष्ट्र निर्माणमा हामीले देखेको सपना साकार होस् भन्ने चाहन्छौं । यसमा आम नेपाली जनताले साथ दिने कुरामा म आशा बादि पनि छु साथै त्यस्ता किसिमका हललाको पछि नलाग्न म सबैमा धार्दिक विनम्र अनुरोध पनि गर्न चाहन्छु ।

५) तपाईको विचारमा बाम गठबन्धले आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा बहुमत ल्याउन सफल होला ? तपाईहरुले भन्नुभएको जस्तै देश विकाश र समृद्धिको दिशामा अघि बढ्न सक्ला ?
नेपाली जनता समृद्ध र समुन्नत राष्ट्र निर्माण होस् भन्ने चाहन्छन् । तर त्यसको ठिक विपरित देश राजनैतिक अस्तिरता र गरिवीको दलदलमा दिनानुदिन फस्दै गईरहेको छ । सामान्य रोजगारीका निमित्त ४० लाख भन्दा बढि युवाहरु खाडी मुलुक पलायन भएका छन् । नेपालमा भएका उद्योग, कलकारखाना धरासायि छन् । स्वास्थ्य, शिक्षा र रोजगारी हुनेखाने र पहुच भएका मानिसहरुका लागि मात्रै सिमति भएका छन् । आम सर्वसाधारण जनता आधारभूत आवश्यकता परिपूर्ती गर्नकै निमित्त सङ्घर्ष गर्न बाध्य छन् । यी र यस्ता किसिमका समस्याहरुबाट जनता आजित भएका छन् । जनता परिवर्तन संगै विकसित र समृद्ध राष्ट्र निर्माणका निमित्त राजनितीक स्थाईत्व हुनु पर्दछ भन्नेमा जनता सचेत भएका छन् । जन्ताले नेपाली काग्रेसलाई यस भन्दा पहिलेको निर्वाचनमा बहुमत दिएका पनि हुन् । तर विडम्वना नै भन्नुपर्दछ । नेपालका ठूल ठूला उद्योग, कलकारखानाहरु नेपाली काग्रेसकै पालामा कौंडिको भाउँमा लिलाम बिक्रि भएका छन् । यो विषय जगजाहेरै छ । अबको विकल्प भनेको बाम गठबन्धननै हो । यस्ले नै आर्थिक समृद्धि, विकसित र सम्मुनत राष्ट्र निर्माण गर्न सक्दछ भन्ने आम सर्वसाधारणले बुझि सकेका छन् । अब कसैले झुक्याएर नेपाली जनता झुक्किनेवाला छैंन । नेपाली जनताले आसन्न प्रतिनिधी सभा र प्रदेस सभा निर्वाचनमा बाम गठबन्धनका उमेद्धवारहरुलाई नै मतदान गरी आर्थिक समृद्धि र विकासको एजेन्डालाई विजयी गराउनुहुनेछ भन्नेमा मलाई नेपाली जनता प्रति पूर्ण विश्वास र भरोसा छ ।

Leave a comment

Your email address will not be published.


*