रेडियो चितवनका कार्यकारी अध्यक्ष श्रेष्ठद्धारा सम्पूर्णमा दशैंको शुभकामना

चितवन, असोज १४ ।
विजया दशमीको अवसरमा रत्ननगर नगरपालिका वडा नं २ आदर्श टोल टाँडीमा अवस्थित रेडियो चितवन ९४.६ मेगाहर्जका कार्यकारी अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले शेयर सदस्य, स्रोता, विज्ञापन दात, कर्मचारी,स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाले दिएको शुभकामना सन्देशमा सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको छ ।
कार्यकारी अध्यक्ष श्रेष्ठले महान पर्व वडादशैंले हिमाल,पहाड,तराई,मधेश तथा पूर्व मेची देखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवं क्षेत्र,क्षेत्र, जातजाति र समुदाय,समुदायबीच आपसी भ्रातृत्व कायम गर्न समेत सफल रहोस् भन्ने कामना गर्नुभएको छ ।
यसैगरी, श्रेष्ठले विजयादशमीका अवसरमा राष्ट्रको निरन्तर समुन्नति र समृद्धिका साथै समस्त नेपालीमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
यस्तै श्रेष्ठले दिनुभएको शुभकामना सन्देशमा जननिर्वा्चित संविधानसभाले बनाएको संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको, शान्ति प्रक्रिया लगभग टुंगिएको र मुलुकमा बल्ल राजनीतिक स्थायित्व कायम भएको उल्लेख गर्नुभएको छ ।
सन्देशमा उहाले नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् भन्ने कामना गर्नुभयोे ।

Leave a comment

Your email address will not be published.


*