विप्लव नेतृत्वको नेकपा पार्टीद्धारा पूर्वी चितवनको खैरहनीमा ८४ बिघा जमिन कब्जा,

खैरहनी, असार १९–
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनले पूर्वी चितवनमा खैरहनी नगरपालिका–१२ मा रहेको मार्कनटायलको ८४ बिघा जग्गा कब्जा गरेको छ ।
पार्टीका जिल्ला ईन्चार्ज लालबहादुर बि.सीले एक बिज्ञप्ती जारी गरी विगत ५९ सालदेखी पार्टीको कब्जामा रहेको जग्गा अहिले बिभिन्न भुमाफियाले चलखेल गरी किनबेचको तयारी भएको पाईएकाले पुनः आफनो पार्टीको नियन्त्रणमा लिएको जनाएको छ । सिसैको बिरुवा रहेकोमा त्यो बिरुवा पनि फडानी गरी पार्टीको अनुमति बेगर पोखरी समेत निर्माण गरी उपभोग समेत भएको र अहिले पुनः जग्गा किनबेच गर्न प्रयास भएको पाईएकाले भुमाफियाको गलत कार्यरोक्न पार्टीले कब्जा गरेको बिज्ञप्तीमा उल्लेख छ । कुनै पनि व्यक्ति वा संघसंस्थाले उपभोग गर्ने र चलखेल गर्ने प्रयास गरेमा कडा कारबाहि हुने बिज्ञप्ती मार्फत चेतावनी दिईएको छ ।
यता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले त्यस स्थानमा खतरा भनेर लेखेर राखेको बस्तु र झण्डा गाडेर छोडेको देखेपछी प्रहरी गएर हटाएको बताउनु भयो ।

Leave a comment

Your email address will not be published.


*