अहिले देखिएको राजनीतिक समस्याको केही दिनभित्रै निकास निस्कन्नेःओली

विराटनगर,२५,पुस
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देखिएको राजनीतिक समस्याको केही दिनभित्रै निकास निस्कने बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले सबैले बुझ्ने गरी देशले निकास पाएको खबर केही दिनमै आउने दाबी गर्नुभयो । दुई चार दिनमै संसदको प्रक्रियाअनुसार काम हुने र निर्वाचनतर्फ देश जाने उहाँले बताउनुभयो । उहाँले संविधान संशोधन प्रक्रिया समेत संसदबाटनै विफल हुने बताउनुभयो । विरोधका बिच आएको संविधान संशोधन प्रस्ताव भने पारित नहुने ओलीले दाबी गर्नुभयो । सरकारले अदालतको आदेश मान्दै प्रस्ताव फिर्ता लिनुको साटो दर्ता गरेर अदालतको भाषा नबुझेको आरोप लगाउनुभयो । संशोधन प्रस्ताव पारित नभए निर्वाचन हुन पनि नसक्ने र सहभागी पनि नहुने भन्ने मधेसी दलको भनाईमा उहाँले गैर कानूनी र असंवैधानिक तर्क गरेकोले त्यस्तालाई सरकारले तह लगाउनु पर्ने बताउनुभयो । त्यस्तै ओलीले आ–आफ्नो स्वार्थ भन्दा माथि उठेर देश र राष्ट्र सम्झेर सत्तापक्षले अघि बढ्ने हो भने पुनः देश सहमतिको बाटोमा अघि बढ्ने बताउनुभयो । अख्तियार प्रमुख लोकमानसिंह कार्की नियुक्तिलाई अदालतले बदर गरेपछि उनले गरेका निर्णय र सेवा सुविधाको विषयमा के गर्ने भन्ने विषय दलहरुबिच आपसी छलफल गरेर टुंगो लगाउन पनि उहाँले बताउनुभयो ।

Leave a comment

Your email address will not be published.


*