भारु सटहीको लागि राष्ट्र बैंकको टोली आज भारत जाँदै

काठमाडौं,२७,पुस
नोटबन्दी लागेका भारु ५ सय र १ हजारको नोट सटहीबारे छलफल गर्न नेपाली टोली आज भारत जाने भएको छ । डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको संयोजकत्वमा बनेको टोली आज यस बिषयमा छलफल गर्न भारत जाने भएको हो । ‘हामीले भारु सटहीको मोडालिटी पठाइसकेका छौं, छलफल पछि कस्तो निश्कर्ष आउँछ त्यसैमा भर पर्छ,’ शिवाकोटीले भने । राष्ट्र बैंकले एक जनाबाट अधिकतम २५ हजार भारु साट्ने मोडालिटी भारत पठाएको हो । वार्ता सकारात्मक भएमा १ महिनाभित्रमा भारु सटही हुने सम्भावना रहेको छ । भारत सकारात्मक देखिएमा सर्वसाधारणलाई भारु बैंकमा जम्मा गर्न केही साताको अवधि दिइने सम्भावना छ । त्यस्तै, बैंकहरुले यसरी जम्मा भएको रकम १ देखि २ सातामा राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले भारतीय रिर्जभ बैंकमा यस्तो रकम बुझाएर त्यहाबाट स्वीकृत हुने नोटको मात्र सटही सुविधा दिइने सम्भावना छ ।

Leave a comment

Your email address will not be published.


*