महिला करणी आरोपमा एक पक्राउ

कपिलवस्तु,२४,कार्तिक ।
महिलालाई जवरजस्ति करणी गरेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेको छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका ११ वस्ने ३८ वर्षिय हिरा कामी पक्राउ परेका हुन । कात्तिक २२ गते साझ इन्जीलालाई (नाम परिवर्त) जवरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
कामीले कात्तिक २२ गते साझं गुगौली गाबिस मौवाबारीमा जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
कामीलाई जवरजस्ति करणी उद्योगमा मुद्धा दर्ता गरि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय कृष्णनगरमा पठाइएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारि दिनुभयो ।
वडा प्रहरी कार्यालय चन्द्रौटामा पीडततले मौखिक उजुरी दिएपछि अभियुक्तलाई घरमै गई प्रहरीले पक्राउ गरेको हो । पीडितका स्वास्थ परीक्षणको लागी जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।

Leave a comment

Your email address will not be published.


*