मुखै रसाउँने दुधबाट बनेका परिकार खाने हो ? आउँनुहोस् रत्ननगर महोत्सबको स्टल नं ११३ र ११४ को गौतम डेरीमा

रत्ननगर, माघ, ६ ।
तपाई शाकाहारी मात्रै अथवा शाकाहारी र माशांहारी दुबै भए पनि केही फरक पर्दैन, मुखै रसाउँने दुधबाट बनेका परिकारहरुको स्वाद लिन चाहनुहुन्छ भने रत्ननगर महोत्सवको स्टल नं ११३ र ११४ को गौतम दुग्ध डेरीमा अवस्य पुग्नुहोस् । पुग्ने मात्रै होईन गौतम दुग्ध डेरीमा मुखै रसाउँने दुधबाट बनेका परिकारहरुको स्वाद पनि लिन नभुल्नुुहोला ।
जब तपाईले त्यस डेरीमा उत्पादित दुधबाट बनेका परिकारहरुको स्वाद लिनुहुन्छ । अरु डेरीमा उत्पादन भएका परिकार भन्दा सयौँ गुणा स्वाद फरक पाउनुहुने छ । त्सपछि भन्नुहुन्छ दुधबाट बनेका परिकार त धेरै खाईयो आज सम्म नचाखेको स्वाद गौतम दुग्ध डेरीले पुरागरीदियो भन्नुहुन्छ र डेरी र डेरी सञ्चालकको समेत तारिफ गर्दै त्यस परिसरबाट फर्कनुहुन्छ र त्यस डेरीमा मुखै रसाउँने दुधबाट बनेका परिकार खाएको कुरा समेत आफ्ना साथी भाई र आफन्तलाई सुनाउनुहुन्छ होला ?
पक्कै पनि साचै रत्ननगर नगरपालिका वडा नं. २ टाँडी बजारमा विगत १५ वर्षदेखि गौतम दुग्ध डेरी सञ्चालि छ ।
नवौं रत्ननगर महोत्सवमा सञ्चालित स्टल नं ११३ र ११४ को गौतम दुग्ध डेरीमा अहिले दैनिक जसो ग्राहकहरु दुधबाट बनेका परिकार खुवा, लालमोहन, रसभरीको स्वाद चाख्न आयने गरेको डेरीका प्रोप्राईटर रामप्रसाद गौतम बताउनुहुन्छ ।
दुधका परिकार बनाउनका निम्ति दैनिक ५ सय लिटर दुध खपत हुने उहाँले बताउनुभयो । महोत्सव परिसरमा स्टल राख्दा दैनिक ४० हजार सम्मको व्यापार हुने गरेको प्रोप्राईटर गौतम बताउनुहुन्छ ।
अहिले सम्म यो पेसाबाट आफू निकै खुसि र सन्तुष्ट रहेको डेरीका प्रोप्राईटर रामप्रसाद गौतमले बताउनुभयो ।

Leave a comment

Your email address will not be published.


*