संघीयता लागू भएमा नेपाल भारतमा गाभिने चित्रबहादुरको चेतावनी

काठमाडौं,२६,पुस
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र देशमध्ये एउटामात्रै रहने दाबी गर्नुभएको छ । रफत सन्चार क्लबले आज भक्तपुरमा गरेको कार्यक्रममा उहाले संघीयता लागू भएमा नेपाल भारतमा गाभिने चेतावनी दिनुभयो । उहाले पहाड र तराईलाई टुक्र्याउने गरी प्रदेशको सीमांकन गर्ने प्रस्ताव अघि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर गल्ती गरेको आरोप पनि लगाउनुभयो । संविधान कार्यान्वनय गर्नुपर्नेमा सत्ताधारी दलहरुले भारतीय स्वार्थ र योजनाअनुसार संशोधन प्रस्ताव ल्याएको उहाको बताउनुभयो ।

Leave a comment

Your email address will not be published.


*