संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा गुल्मी बन्द

गुल्मी,२७,पुस
सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा आज गुल्मी बन्द गरिएको छ । सरकारले पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा संयुक्त आन्दोलन संघर्ष समितिले गरेको बन्दका कारण जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण गाडी चलेका छैनन् । बजार तथा कलकारखाना समेत ठप्प छ । आन्दोलनकर्ताले सरकारले टेबुल गरेको संशोधन प्रस्ताव राष्ट्रघाती रहेको आरोप लगाउँदै त्यसको विरुद्धमा संघर्षमा उत्रन सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।

Leave a comment

Your email address will not be published.


*