सिलिन्डिर लिक भएर आगलागी, पाँच जना घाइते

पोखरा,पुस,२७
कास्कीको लेखनाथ–८ सिसुवा स्थित डुडाकोमुखमा ग्यास सिलिन्डिर लिक भएर आगलागी हुँदा पाँच जना घाइते भएका छन् । लेखनाथ–८ शिशुवा का रुकु थापा, महेश थापा, बसन्धरी पौडेल, सरास्वति भन्डारी र लक्ष्मी अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये रुकु थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतहरुको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । खाना पकाउँदा सिलिन्डर ग्यास लिक भएर पड्किँदा उहाँहरु घाइते हुनुभएको हो । यस्तै पोखराको बाराहीचोकमा रहेको ट्राइ स्टार रेष्टुरेण्टमा गए राति आगलागी भएको छ । आगलागीले रेष्टुरेण्ट क्षति भएको छ । पोखरा उपमहानगरपालिका र पोखरा आगोलागीबाट दुईवटा मोटर साइकल पनि जलेका छन् ।

Leave a comment

Your email address will not be published.


*