सुनको भाउ बढ्यो

काठमाडौं,२५,पुस
यो महिना लागेपछि उकालो लागेको सुनको भाउ आज पनि बढेको छ । आज तोलामा एक सय रुपैयाँले बढेर सुन ५३ हजार ८ सय रुपैयाँ पुगेको छ । यो महिनाको सुरुमा तोलाको ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन त्यसयता लगातार बढ्दै गएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको माग बढेकाले भाउ बढ्ने अनुमान गरिएको हो । आज चाँदीको भाउ भने स्थिर छ । आइतबार जस्तै चाँदी आज तोलाको ७८० रुपैयाँ छ ।

Leave a comment

Your email address will not be published.


*