२४८ स्थानीय तहको मतपरिणाम सार्वजनिक, एमाले– १०५,कांग्रेस– ९७, माओवादी– ३२,संघीय समाजवादी फोरम– ६,नेपाल लोकतान्त्रिक फोरम– ४,राष्ट्रिय जनमोर्चा– २, राप्रपा– १, स्वतन्त्र– १ स्थानमा विजयी

काठमाडौं, असार १९ ।
स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म २४८ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले १०५ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ९७ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र ३२ स्थानीय तहमा विजयी भएको छ ।
यस्तै, संघीय समाजवादी फोरमले ६ स्थानीय तहमा जित हात पार्दा नेपाल लोकतान्त्रिक फोरमले ४, राष्ट्रिय जनमोर्चाले २, राप्रपाले १ र एक जना स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जित हात पारेका छन् ।

Leave a comment

Your email address will not be published.


*