आउँदो डिसेम्बरमा भारतमा हुने ११ औ साफ च्याम्पियनसिपमा नेपाल आयोजक भारतसँगै समूह एमा

काठमाडौं,भदौं,३०–
आउँदो डिसेम्बरमा भारतमा हुने ११ औं साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह एमा परेको छ । नेपाल रहेको समूहमा आयोजक भारतसहित श्रीलंका र पाकिस्तान छन् । भारत ५ पटकको विजेता हो । भारतको केरलामा हुने प्रतियोगिताको समूह बीमा भने डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।  नेपालले आफ्नो पहिलो खेल डिसेम्बर २३ मा श्रीलंकासँग खेल्ने छ । यस्तै दोश्रो खेलमा डिसेम्बर २५ मा पाकिस्तानसँग खेल्ने नेपालले आयोजक भारतसँग भने डिसेम्बर २७ तारिखमा खेल्ने छ ।  प्रतियोगिताको सेमिफाइनल डिसेम्बर ३१ मा र फाइनल खेल सन् २०१६ को जनवरी ३ तारिखमा हुने छ । २ वर्ष अघि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

Leave a comment

Your email address will not be published.


*