आफूले अझै कम्तिमा दुई पटकसम्म गोल्डेन बुट जित्न चाहेको– रोनाल्डा

असोज २७ – रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोले आफूले अझै कम्तिमा दुई पटकसम्म गोल्डेन बुट जित्न चाहेको बताएका छन् । सन् २०१४–१५ को सिजनमा युरोपका मुख्य लिगमा खेल्ने खेलाडी मध्येबाट सर्वा्धिक गोलकर्ता बन्दै चौंथो पटक गोल्डेनबुट उपाधि लिने क्रममा रोनाल्डोले आफू अझै कम्तिमा दुई पटक युरोपको लिगमा सर्वा्धिक गोलकर्ता बनेर गोल्डन बुट अथार्त सुनको जुत्ता जित्न चाहेको बताएका हुन् । रोनाल्डोले गएको सिजन स्पेनिस ला लिगामा ४८ गोल गरेका थिए । योसँगै रोनाल्डोले बार्सिलोनाका स्टाइकर लियोनल मेस्सीलाई गोल्डेन बुट उपाधिमा पछि पारेका छन् । मेस्सीले तीन पटकसम्म युरोपको सर्वा्धिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन् । रोनाल्डोले गएको सिजनको उपाधिसँगै चार पटक गोल्डेनबुट जितेका छन् । चौंथो पटक गोल्डेन बुटको उपाधि लिँदै रोनाल्डोले आफूले सन्यास लिनु अघि अझै कम्तिमा दुई पटक सर्वा्धिक गोलकर्ता बनेर गोल्डेन बुट जित्न चाहेको बताएका हुन् । चौंथो पटक गोल्डेन बुटको उपाधि लिन पाउँदा आफू निकै खुशी भएको रोनाल्डोले बताएका छन् । उनले सन् २००७–०८, २०१०–११ र २०१३–१४ को सिजनमा पनि सर्वा्धिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए ।आफू सँधै रियल मड्रिडले जितोस् अनि आफूले धेरै भन्दा धेरै गोल गर्न सकुँ भन्नेमा रहेको रोनाल्डोको भनाई छ । रोनाल्डोले यो सिजन पनि १० गोल गरिसकेका छन् । उनले क्लब र राष्ट्रका तर्फबाट खेलेका यो सिजनका १२ खेलबाट १० गोल गरेका छन् ।
– एजेन्सीको सहयोगमा

Leave a comment

Your email address will not be published.


*