ए एफसी अण्डर सिक्सटीन फुटबलमा आज नेपालले जोर्डनसँग खेल्ने

काठमाडौं,भदौं,३०–
ए एफसी अण्डर सिक्सटीन च्याम्पियनसिप फुटबल आजबाट किर्गीस्तानमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आज नेपालले जोर्डनसँग खेल्दैछ । फिफा वरियतामा नेपालभन्दा निकै माथि रहेको जोर्डन विरुद्धको खेल कुनैपनि उमेर समुहमा नेपालको लागि कठिन हुने गर्दछ । समुह बी मा रहेको नेपालले जोर्डनपछि यही असोज १ गते आयोजक किर्गीस्तानसँग तथा ३ गते ओमानसाग खेल्ने तालिका छ । लामो तयारीपछि किर्गीस्तान गएको नेपाली युवा टोलीले यसपटक छनौट चरण पार गर्ने लक्ष्य लिएको छ । भारतमा हुने फाईनल चरणको लागि एशियाका ४५ राष्ट्रलाई ११ समुहमा विभाजन गरी छनौट चरण खेलाईदैछ । प्रत्येक समुहका विजेता, चार उत्कृष्ट उपविजेता तथा आयोजक भारत समेत गरी कुल १६ टोलीले एएफसी युथ सिक्सटीन च्याम्पियनसिप फुटबलको अन्तिम चरण खेल्नेछन् ।

Leave a comment

Your email address will not be published.


*