नेपाली पुरुष, महिला फुटबल टोली आज भारतसँग भिड्दै

चितवन, ०३ फागुन
भारतमा जारी १२ औं सागअन्तर्गत आज नेपाली महिला, पुरुष फुटबलमा टोलीले आज भारतको सामना गर्दैछन् ।  दक्षिण एसियाली खेलकुदमा तेस्रो उपाधिको खोजीमा रहेको नेपाली पुरुष फुटबल टिमले आज भारतसँग फाइनल खेल खेल्दैछ ।

१७ वर्षपछि फाइनलमा पुगेको नेपाल उपाधि प्राप्त गर्न निकै विश्वस्त देखिएको छ । नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–३ ले पराजित गर्दै अन्तिम यात्रा तय गरेको हो । नेपालले यसअघि सन् १९८४ र १९९३ मा उपाधि जितेको थियो । खेल आज बेलुकी सवा ७ बजे सुरु हुनेछ ।
महिला टोली पनि भारतसँगै भिड्दै
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले १२ औं सागमा स्वर्ण पदकका लागि आज भारत विरुद्ध खेल्दैछ ।  राउन्ड रोविन लिगका आधारमा गराइएको प्रतियोगितामा शीर्ष स्थानको नेपाल र दोस्रो स्थानको भारत स्वर्ण पदकका लागि भिड्न लागेका हुन् ।
नेपालले जित हाँसिल गर्ने तयारी छ । खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । नेपाली प्रशिक्षक धु्रव केसीले समूह चरणमा भारतसँग गोलरहित बराबरी खेलेपछि टिमको मनोबल बढेको भन्दै स्वर्ण जित्न आतुर रहेको बताउनुभयो ।
यसअघि भारतसित खेलेका ५ खेल हारेको नेपालले छैटौं खेलमा भने उसलाई उसैको भूमिमा गत बिहीबार गोलरहित बराबरीमा रोकेको थियो ।

Leave a comment

Your email address will not be published.


*