ट्वान्टी–ट्वान्टी श्रृंखला भारतले जित्यो

चितवन, ०३ फागुन
श्रीलंकासँगको ट्वेन्टी–ट्वेन्टी श्रृँखला भारतले २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टीमा भारत ९ विकेटले विजयी भयो ।
श्रीलंकाले प्रस्तुत गरेको ८२ रनको छिनो लक्ष्य भारतले १४ ओभरमा मात्रै एक विकेट गुमाएर भेट्टायो ।
यसअघि हिजो बेलुका विशाखापट्टनममा पहिले ब्याटिङ गरेको श्रीलंकाले १८ ओभरमा अलआउट हुँदै मात्रै ८२ रन बनायो ।
पहिलो ट्वेन्टी–ट्वेन्टीमा पराजित भएको भारतले त्यसपछिका दुई खेलमा श्रीलंकालाई हराएर श्रृँखला आफ्नो पक्षमा पारेको हो ।

Leave a comment

Your email address will not be published.


*