नेपाली भारोत्तोलन टोली जापान प्रस्थान

काठमाडौं, कात्तिक २२
एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज जापानको टोकियो प्रस्थान गर्दैछ । नोभेम्बर ८ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट एक पुरुष र एक महिला खेलाडीले भाग लिने छन् । पुरुषको ६२ केजीमा प्रकाश केसी सहभागी हुनेछन् । कमला श्रेष्ठले महिला ५८ केजीमा प्रतिस्पर्धा गर्ने्छिन् । प्रकाशले युथ र जुनियर दुवैमा खेल्नेछन् भने कमलाले जुनियरतर्फ मात्र सहभागिता जनाउने छिन् । प्रकाशले नोभेम्बर ११ र कमलाले नोभेम्बर १२ तारिखमा खेल्ने कार्यक्रम छ । ३५ भन्दा बढी राष्ट्रको सहभागिता रहने नेपाल भारोत्तोलन संघले जनाएको छ । टिम प्रशिक्षकमा ओलम्पियन एवं भारोत्तोलन प्रमुख प्रशिक्षक सुनीललाल जोशी तथा व्यवस्थापकमा सञ्जय महर्जन छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डन र महासचिव पार्थ सारथी सेन गुप्त पनि टोलीसँगै टोकियो जाँदैछन् ।

Leave a comment

Your email address will not be published.


*