फिफा वर्ष खेलाडी २०१६ का २३ खेलाडीको नाम सार्वजनिक

कात्तिक २० –विश्व फुटबलको प्रशासकीय निकाय फिफाले वर्ष खेलाडी २०१६ का लागि मनोनयनमा परेका २३ खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले फ्रान्सेली फुटबल म्यागजिनसँगको सहकार्य टुटेपछि यो वर्षदेखि फेरि फिफा वर्ष खेलाडी अवार्ड दिन लागेको छ । अवार्डका लागि फिफाले शुक्रबार २३ खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले सन् १९९१ देखि २००९ सम्म पनि फिफा वर्ष खेलाडी अवार्ड दिँदै आएको थियो । तर त्यसपछि गएको वर्षसम्म फ्रेन्च फुटबलसँगको सहकार्यमा फिफा बालोन डी’ओर प्रदान गरिएको थियो । फिफाले आउँदो जनवरी ९ मा ज्युरिचमा हुने विशेष कार्यक्रममा फिफा वर्ष खेलाडी २०१६ को अवार्ड प्रदान गर्दैछ । त्यसअघि डिसेम्बर २ मा अन्तिम तीनमा पर्ने खेलाडीको नाम सार्वजनिक हुनेछ । अवार्डका लागि दुई किसिमको मतदान प्रक्रिया अपनाइने छ ।

Leave a comment

Your email address will not be published.


*