भुटानको थिम्पुमा भएको मैत्रीपूर्ण जुडो प्रतियोगितामा नेपालले ३ स्वर्ण हातपार्यो

भुटान,असोज,३–
भुटानको थिम्पुमा भएको मैत्रीपूर्ण जुडो प्रतियोगितामा नेपालले ३ स्वर्ण जितेको छ । नेपालले थप ३ रजत र २ काँस्य पनि हात पारेको टोली नेता एवं नेपाल जुडो संघका सचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । नेपालका सचिन वाइबाले पुरुष ४० केजी, सन्जोग भट्टले पुरुष ५५ केजी तथा कविता नेपालीले महिला खुला तौलसमूहमा स्वर्ण जिते । बाल वातावरण केन्द्र, नेपाल (सीडब्लुसीएन) मा संरक्षित जुडो खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए । जम्मा ७ स्वर्णका लागि भएको प्रतियोगितामा आयोजक भुटानले ४ स्वर्ण हात पारेको श्रेष्ठले जानकारी गराएउनुभयो ।

Leave a comment

Your email address will not be published.


*