मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो खेलमा नेपाल टिमोर लिस्टेसंग भिड्दै

कात्तिक २० –मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेलमा नेपालले आज टिमोर लिस्टेसँग खेल्नेछ । नेपाल र टिमोर लिस्टेबिचको खेलमा मलेसियाको कुचिङमा रहेको निगेरी रंगशालमा नेपाली समय अनुसार बेलुका सवा पाँच बजे सुरु हुने छ । टिमोर लिस्टेको यो समूहको दोस्रो खेल हो । गएको बुधबार भएको पहिलो खेलमा टिमोर लिस्टे ब्रुनाइसँग ४–० ले पराजित भएको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक ग्योटुकु कोजीले टिमोर लिस्टेले पहिलो खेल गुमाएको भएपनि आफूहरुले उसलाई कमजोर रुपमा नलिएको बताएका छन् । ब्रूनाइसँगको खेलमा टिमोर लिस्टेले पानीले भिजेको मैदानमा खेलेकाले उनीहरुको वास्तविक खेल देख्न नपाएको प्रशिक्षक कोजीले बताए । सात देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ समूह एमा छन् । यस्तै समूह बीमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् ।

Leave a comment

Your email address will not be published.


*